८ बैशाख २०८१, शनिबार

बेजोसलाई पछि पारेर संसारकै धनी बने एलन मस्क

प्रकाशित मिति :  8 January, 2021 4:24 pm


ऐजेन्सीे, २४ पुस ।

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।

ब्लुमबर्गले जारी गरेको अर्बपतिको सूचीमा अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।

निरन्तर टेस्लाको सेयर बढेपछि एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुगेको छ । बेजोसको भने १ सय ८७ अर्ब डलर रहेको छ । बेजोसको सम्पत्ति भन्दा मस्कको सम्पति ३ अर्ब डलर बढि छ । कुनै समयका संसारकै धनी रहेका बिल गेट्सको सम्पति भने हाल १ सय ३२ अर्ब डलर रहेको छ ।

लगभग २७ बिलियन अमेरिकी डलरसहित सन् २०२० को सुरुवात गरेका मस्कले आफ्नो सम्पत्तिमा १४० बिलियन डलर वृद्धि गर्न सफल भएका छन् । फोर्ब्स पत्रिकाले अर्बपतिको सूची बनाउन सुरू गरेयता कुनै मानिसको सम्पत्ति एक वर्षमै १४० बिलियन डलर सम्पति बढेको यो पहिलो घटना हो।

मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो। यो वर्ष कम्पनीले बिक्रीमा सकेत रेकर्ड राखेको छ। टेस्लाले २०२० मा मात्र ४ लाख ९९ हजार भन्दा बढी कार बजारमा बिक्रिका लागि पठाएको छ । यसै वर्ष उनको धेरै सेयर रहेका कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो।

यता बेजोस सन् २०२०को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए भने २०२० को अन्तिमसम्म पनि धनी नै रहे। कोरोनाको समयमा उनको अनलाइन सपिङ कम्पनी अमेजनबाट अनलाइन सपिङ कारोबार बढेको छ । बेजोसले यस वर्ष ७२ अर्ब डलरको सम्पत्ति कमाएका छन् । बेजोस अमेजनसँगै अमेरिकी अखबार द वासिङ्टन पोष्टका समेत मालिक हुन्।

जेफ बेजोसको सम्बन्धविच्छेदका कारण पनि मस्क शीर्ष स्थानमा पुगेका हुन्। सम्बन्धविच्छेद पछि बेजोसकी पूर्व श्रीमतीलाई अंश दिदा उनको सम्पतिमा कमि आयो भने बेजोसले सामाजिक सेवामा पनि पैसा दान गरेका छन्। गत फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तन रोकथामका लागि दान दिएका थिए। नोभेम्बरमा उनले ८० करोड डलर पर्यावरणमा काम गर्नेवाला संस्थालाई दिएका थिए। ‍

 



प्रतिक्रिया दिनुहोस !