८ बैशाख २०८१, शनिबार

अमेरिकाका राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित

प्रकाशित मिति :  14 January, 2021 8:27 am


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोगको प्रस्ताव अमेरिकी संसदको तल्लो सदनबाट पारित भएको छ । तल्लो सदनबाट पारित भएपछि अब माथिल्लो सदनमा महाअभियोगको प्रस्तावमाथि छलफल हुने बीबीसीले जनाएको छ ।

गत हप्ता जोड बाइडन अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणिकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकले संसद परिसरमा आक्रमण गरेका थिए । जसमा एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको थियो ।

उनीमाथी उक्त आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको आरोप लगाइएको छ । सदनमा ट्रम्प विरुद्धको महाअभियोग १९७ मतका विरुद्ध २३२ मतले पारित भएको छ । दश रिपब्लिकन्स सांसदले समेत महाअभियोगको पक्षमा मतदान गरिदिएका छन् ।

यसअघि पनि ट्रम्प विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो जुन पारित हुन सकेन । यसपटक भने तल्लो सदनबाट पारित भएको छ । ट्रम्पको कार्यकाल अब जम्मा ६ दिन बाँकी छ । अमेरिकाको इतिहासमा ट्रम्प एकै कार्यकालमा दुईवटा महाअभियोग प्रस्तावको सामना गर्ने राष्ट्रपति बनेका छन् ।

सन् २०१९ डिसेम्बरमा पनि उनीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो । यद्यपी रिपब्लिकन सांसद उनीविरुद्ध नगएपछि महाअभियोग पारित हुन  सकेन । महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पनि पारित भए ट्रम्प अर्को कार्यकालका लागि चुनाव उठ्न पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस !