२१ बैशाख २०८१, शुक्रबार

लिम्पियाधुरा समेटिएको नक्सा निकाल्दै सरकार

प्रकाशित मिति :  13 December, 2019 3:27 pm


काठमाडाैं, २७ मंसिर

सरकारले नेपालकाे भूमी लिम्पियाधुरासम्म रहेकाे नयाँ नक्सा सार्वजनिक गर्ने भएकाे छ । यसअघि सार्वजनिक गरिएकाे नेपालकै नक्सामा नपरेकाे तर भारतीय नक्सामा भने लिम्पीयाधुरा परेकाे थियाे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरिने बताउनु भएकाे हाे । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै उहाँले भारतले सीमा मिचेकोबारेमा भइरहेको पहल सकारात्मक दिशामा गइरहेको जानकारी दिनुभयाे ।

सीमा मिचिएकाे समस्या १८१६ को सुगौली सन्धिअघिको समस्या तर हाल मात्र उठेकाे तर्क अर्यालकाे छ । संसदहरूकाे प्रश्नकाे उत्तर दिंदै उहाँले अर्यालले सरकारको तर्फबाट लिखित रुपमा मिचिएको भूमि नेपालको हो भनेर पहिलो पटक पेश गरेको बताउनु भयाे । ”सरकारले सर्वदलीय बैठक राखेर सुझाव लिएको छ। ‘प्रोटोकल नोट’ भारतमा पठाउने काम भएको छ”, उहाँले भन्नुभयाे, ”दुई देशको सीमा निरीक्षण गर्न परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबाट प्रतिनिधि खटाएर कुरा भइरहेको छ।”

हालसम्म कुनै पनि नेपालकाे सरकारले लिम्पियाधुरालाइ नेपालकाे नक्सामा नसमेटेकाे तर नक्सामा कालापानी र लिपुलेक सधैँ समेटिएको दाबी मन्त्री अर्यालकाे छ ।  उहाँले सन् १८६५ मा कापानी पनि भारतले समेटेको तर नेपालकाे नक्सामा कालापानी र लिपुलेक समेटिएकाे बताउनु भयाे । तथ्य र प्रमाण जुटाउने क्रम रहेकाे र छिटै नयाँ नक्सा प्रकाशन गर्ने उहाँकाे भनाइ छ । 



प्रतिक्रिया दिनुहोस !