१६ चैत्र २०८०, शुक्रबार

अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

प्रकाशित मिति :  17 January, 2021 4:22 pm


अफगानिस्तान । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको गोली हानी हत्या भएको छ । आइतबार कार्यालय जाने क्रममा राजधानी काबुलमा बन्धुकधारीको समुहले गोली हानेर हत्या गरेको बीबीसीले जनाएको छ ।

सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङ्ख्लाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो ।

आक्रमणमा उनीहरुका सवारीचालक घाइते भएका छन, उक्त घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

आक्रमणका शृङ्खलामा तालिबान विद्रोहीहरूको भूमिका रहेको हुनसक्ने आशङ्का गरिएको छ। तर तालिबानले भने ती घटनाको जिम्मेवारी लिएको छैन।

अफगान सरकार र तालिबानबीच दोहामा शान्ति वार्ता भइरहेका बेला व्यक्ति लक्षित आक्रमणहरू भइरहेको बीबीसीले जनाएको छ । बीबीसी



प्रतिक्रिया दिनुहोस !