१३ बैशाख २०८१, बिहिबार

जलजलालाई पृष्ठभूमि राखेर फोटो खिचेका डा. भट्टराईले लेखे,‘जनयुद्धकालीन सम्झनाका तरेलीहरूमा बग्दै !’

प्रकाशित मिति :  31 January, 2021 1:06 pm


काठमाडौं । रोल्पा पुगेका डा.बाबुराम भट्टराईले जनयुद्धकालको स्मरण गरेका छन् ।

उद्योग बाणिज्य संघ रोल्पाले आयोजना गरेको अन्तरकृयामा सहभागि हुन रोल्पा सदरमुकाम लिवाङ पुगेका जनता समाजवादी पार्टीका संघीय  परिषदका अध्यक्ष रहेका पूर्व प्रधानमन्त्री भट्टराईले जनयुद्धकालिन घाइतेहरुसँग छलफल गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “रोल्पाको लिवाङमा प्रशासनरसुरक्षा प्रमुख,कर्मचारी,जनयुद्धका घाइते योद्धा लगायतसंग भेटघाट र वस्तुस्थितिवारे जानकारी ! जनयुद्धको केन्द्रमा राजनीतिक परिवर्तनपछि अपेक्षाकृत विकास र जनजीवनमा आवश्यक रूपान्तरण हुन नसकेको गुनासो” आएको उल्लेख गरेका छन् ।

उनले युद्धकालको स्मरण गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,”‘ यो काख जलजलाको…’! जलजलाको काखमा रहेको रोल्पाको सदरमुकाम लिवांगमा !! जनयुद्धकालीन संझनाका तरेलीहरूमा बग्दै !!!

 

गर्दै नेता भट्टराईले लेखेका छन् जलजलाको काखमा रहेको रोल्पाको सदरमुकाम लिवाङमा ! जनयुद्धकालीन सम्झनाका तरेलीहरूमा बग्दै !!!
डा. भट्टराई माओवादी पार्टीबाट अलगभएपछि औपचारिक कार्यक्रममा सहभागि हुन पहिलो पटक रोल्पा पुगेका हुन् ।


         >माओवादी छोडेपछि पहिलो पटक रोल्पा पुग्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई


 



प्रतिक्रिया दिनुहोस !