१३ बैशाख २०८१, बिहिबार

अमेरिकामा हिमआँधीबाट कम्तीमा २३ जनाको मृत्यु

प्रकाशित मिति :  17 February, 2021 2:58 pm


ऐजेन्सी।संयुक्त राज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको हो।

टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन् । दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नु परेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।

अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि शुरु हुन लागेको पनि जलवायु अधिकारीहरुले बताएका छन्।

 



प्रतिक्रिया दिनुहोस !