१७ बैशाख २०८१, सोमबार

दराज विरूद्ध बाणिज्य विभागमा उजुरी

प्रकाशित मिति :  17 December, 2019 6:46 pm


काठमाडाैं, १ पुस

इकमर्श साइट दराजले फुलेकाे सामान डेलिभरी गरेकाे भन्दै बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेकाे छ । ईकमर्श अनलाइन दराजबाट सामान खरिद गर्दा ठगेको भन्दै दराज अनलाइन शपिंगका विरुद्धमा गरिएकाे हाे ।

दराज अनलाइनमा खरिद गरेको सामान उपभोक्तालाई डेलिभरी गर्दा टुटफुट सामान दिएको भन्दै राष्ट्रिय उपभोक्ता मन्चले विभागमा उजुरी गरेको हो । दराज ईकमर्श साइटबाट ललितपुर बंगलामुखी एरियाका विपिन महर्जनले किनेको हार्ड डिस्क ड्राइभको केश डेलिभरीको समयमा टुटफुट भएको अवस्थामा दिएको छ।

सो उजुरीमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ९ अनुसार ढुवानीकर्ताले उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्नेमा सो नगराएको आरोप लगाईएको छ । त्यसैगरि टुटफुट भएको सामाग्रीको बारेमा दराजले फिर्ता लिन नमिल्ने र निरिक्षण गरेपश्चात मात्र सामानको मूल्य मात्र फिर्ता हुने जानकारी दिएको उजुरी पत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !