१४ बैशाख २०८१, शुक्रबार

धनाढ्य सूचीबाट बाहिरिए मस्क, जेफ बेजोस बने संसारका सर्वाधिक धनाढ्य

प्रकाशित मिति :  24 February, 2021 11:45 am


एजेन्सी ।  विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी सीइओ एलन मस्क यो वर्षको जनवरीमा संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए तर एक महिना पछि उनी दोस्रो स्थानमा झरेका छन् ।

एक महिना अघि टेस्लाको सेयरको मूल्यमा अत्यधिक बढेका कारण एलन मस्कको कूल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर माथि पुगेकाे थियो ।

एलन मस्क आफ्नै सेयरमा गिरावटका कारण उनको सम्पत्तिमा १५ बिलियन डलरको कमी आएपछि दोस्रो स्थानमा आएका हुन ।

उनी दाेस्राेमा आए पछि अनलाइन सपिङ प्लेटफर्म ‘अमेजन’ का संस्थापक जेफ बेजोस एक पटक पुनः संसारका सर्वाधिक धनाढ्य बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !