७ बैशाख २०८१, शुक्रबार

भारतमा आज आमहडताल

प्रकाशित मिति :  26 February, 2021 7:46 am


काठमाडौं । भारतमा व्यापारीहरूको संगठन अखिल भारतीय व्यापारी परिसंघले वस्तु एवं सेवा कर तथा पेट्रोल डिजेलको मूल्य बृद्धीको विरोधमा बन्दको घोषणा गरेका    छन् ।

बन्दलाई देशभरका ४० हजार व्यापारीले समर्थन गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । सडक परिवहन क्षेत्रको सर्वोच्च संस्था अल इण्डिया ट्रान्सफोर्ट वेलफेयर एसोसियसनले पनि समर्थन गर्द विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म चक्काम जामको घोषणा गरेको छ ।

ट्रान्सपोर्ट एसोयिसनका प्रवक्ता महेन्द्र आर्यले भनेका छन्,‘ सबै राज्य स्तरीय परिवहन संघले भारत सरकारले ले ल्यएको नयाँ कानूनी मस्यौदा तथा पेट्रोल डिजेलको मूल्य बढाउने विरोधमा परिवहनको सञ्चालन नगर्ने घोषणा गर्दै हामीले बन्दलाई समर्थन गरेका छौं ।”

देशभरका बजारहरू बन्दका साथै यातायात सेवा प्रभावित भएका छन् । चार्टड एकाउन्टेन्ट तथा अधिवक्ताहरूको संस्थाले पनि हडतालको समर्थन गरेको छ । किसान आन्दोलनको मार खेपिरहेको भारतले फेरि व्यवासयीहरू पनि आन्दोलनमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस !