१४ बैशाख २०८१, शुक्रबार

पाम आयल आयातका लागि जनमत संग्रह

प्रकाशित मिति :  1 March, 2021 5:15 pm


काठमाडौ । स्विटजरल्यान्डले पाम आयल आयात गर्ने व्यापार सम्झौताका लागि जनमत गर्ने भएको छ ।

इन्डोनेसियाबाट पाम आयल आयात गर्न पाम आयलमा लगाइएको अतिरिक्त भन्सार महशुल कम गर्ने विषय त्यहाँ विवादको विषय भएको छ । यो विषय सुल्झाउनका लागि त्यहाँ जनमत संग्रह हुन लागेको छ ।

इन्डोनेसिया र युरोपियन फ्रि ट्रेड असोसिएसनका आबद्ध सदस्य देश आइसल्यान्ड, नर्वे र लिचेन्टस्टेइनसँग सन् २०१८मा सम्झौता भएको थियो ।
एफटीए अन्तर्गत दुबै पक्षले क्रमिकरूपले औद्योगिक वस्तुमाथिको अतिरक्ति भन्सार महशुल हटाउने सहमति गरेका थिए ।

पाम आयलका लागि स्विटजरल्यान्डले २० देखि ४० प्रतिशत सम्मको अतिरिक्ति भन्सार महशुल हटाउने भएको छ । स्विटजरल्यान्डले बर्सेनी १२ हजार ५सय टन पाम आयल आयात गर्ने गर्छ । यसका लागि दिगो मापदण्ड हुनुपर्ने छ ।

इन्डोनेसिया पाम आयलको निर्यातक देशहरूमा शीर्ष उत्पादक हो । यो तेल सौन्दर्यसम्बन्धी , खानासम्बन्धी र जैविकइन्धनका लागि उपयोग हुने गर्छ ।

हरित अभियन्ता तथा उपभोक्ताहरूले उठाएको चासोका कारण पाम आयलको आयातमा समस्या खडा गरेका छन । उनीहरूले यसको उत्पादनले बन सखाप हुने, आगो लाग्ने र मजदुरहरूको शोषण हुने आरोप लगाएका छन् ।

सन् २०१९मा स्विटजरल्यानडको संसदले यो सम्झौतालाई प्रमाणीकरण गरेको थियो ।

तर पाम आयाल रोक नारा उठाएर आन्दोलन गर्ने हरित अभियन्ताहरूको विरोधका कारण प्रत्यक्ष लोकतान्त्रिक देश भएको स्विटजरल्यान्डमा जनमत संग्रहको आह्वान गरिएको छ ।

हालै गरिएको सर्वेक्षण अनुसार ५२ प्रतिशत मतदाताले यो सम्झौताबाट पछि फर्किनुपर्ने मनसाय व्यक्त गरेका छन ।



प्रतिक्रिया दिनुहोस !