११ बैशाख २०८१, मंगलबार

ताप्लेजुङ दोभान बजारमा आगलागी, ४० घर जलेर नष्ट

प्रकाशित मिति :  2 March, 2021 11:24 am


सांकेतिक तस्विर

काठमाडाैं ।  ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।आज बिहान १० बजे भोला पौडेलका घरबाट विधुत चुहिएर आगलागी भएकाे हाे ।

दोभान बजारमा अहिले ४० घर जलेर  नष्ट भइसकेको जनाइएको छ । आगो नियन्त्रणभन्दा बाहिर गइसकेकाले केही घर भत्काएर अग्निरेखा कोर्ने काम गरी अागाे नियन्त्रण भइरहेकाे जानकारी दिइएकाे छ ।

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !