१५ चैत्र २०८०, बिहिबार

ताप्लेजुङ दोभान बजारमा भएकाे आगलागीबाट ७९ घरपरिवार विस्थापित

प्रकाशित मिति :  2 March, 2021 4:03 pm


सांकेतिक तस्विर

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् ।

मगंलबार बिहानदेखि लागेकाे अागाे अहिलेसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाका अनुसार आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएका छन् ।

आगलागीबाट लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको छ ।

ताप्लेजुङ जिल्ला यस बजारमा १०० व्यापारिक घर रहेका छन् ।  ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाले जानकारी दिएका छन् ।

फुङ्लिङ नगरपालिका र पाँचथर जिल्लाको दमकलको माध्यमबाट आगो नियन्त्रण गर्ने कार्य भइरहेको छ । आगलागीबाट कति क्षति भयाे भन्ने विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !