६ जेष्ठ २०८१, आइतबार

१० प्रतिशत लाभाशं पारित गर्न महिला सहयात्राले बोलायो साधारण सभा

प्रकाशित मिति :  4 March, 2021 1:37 pm


काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको हिजो बसेको संचालक समितिको बैठकले आगामी चैत्र १८ गते ओम अध्याय रिट्रीट रिसोर्ट, थाहा नगरपालिका ६ मकवानपुरमा बिहान ११ बजे सभा बोलाएको हो ।

समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश उक्त सभाले पारित गर्नेछ ।

संस्थाको हाल चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । १० प्रतिशतका दरले १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ६४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।

संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !