२३ बैशाख २०८१, आइतबार

‘परवेज मुशर्रफको शव तीन दिनसम्म इस्लामाबादमा झुण्डाइने

प्रकाशित मिति :  20 December, 2019 4:14 pm


काठमाडाैं, ४ पुस

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहीको आरोपमा दोषी भएको ठहर गर्दै विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । अदालतले यो फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

भारतको इण्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा भनिएको छ, ‘अदालतको फैसलामा लेखिएको छ कि मुशर्रफको मृत्यु फाँसीको सजाय भन्दा अघि नै भयो भने उनको शवलाई इस्लामाबादकाे डि–चौकमा तीनदिन सम्म झुण्डाइने छ । ’

फैसलामा भनिएको छ, ‘हामीले अभियुक्तलाई हरेक ढंगले दोषी पाएको छौँ । यस कारण उनलाई फाँसीमा अन्तिम स्वाससम्म झुण्ड्याइयोस् ।’

‘हामी कानुन कार्यान्वयन इकाइलाई निर्देशन दिन्छौँ कि दोषी व्यक्तिलाई कानुनी आधारमा दिइने सजायको काम पूरा होस् , यदि उनी त्यो भन्दा पहिले नै मृत भेटिएमा उनको शवलाई पाकिस्तानको राजधानी इस्लामाबादको डि–चौकमा ल्याइयोस् र तीन दिनसम्म झुण्डाइयोस् ।’



प्रतिक्रिया दिनुहोस !