२५ बैशाख २०८१, मंगलबार

ग्लोबल आइएमईको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

प्रकाशित मिति :  17 March, 2021 12:12 pm


काठमाडौं । ग्लोबल आइएमई बैंकले जारी गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले चैत्र १ गतेदेखि चैत्र ४ गतेसम्म ऋणपत्रमा आवेदन खुला गरेकोमा आज १२ दिन म्याद थप गरेर चैत्र १६ गते सम्म आवेदन खुला गरेको हो ।

तोपत्र बिक्री प्रबन्धक सेन्चुरी क्यापिटलका अनुसार मागबमोजिम आवेदन नपरेपछि म्याद थप्नु परेको हो । यदि मागबमोजिम आवेदन परेमा चैत्र १६ गते अगाडी नै आवेदन बन्द गरिने क्यापिटलले जनाएको छ ।

बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।

त्यसैगरी, लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !