२१ बैशाख २०८१, शुक्रबार

जापानको फुकुशिमामा ५.३ रेक्टरको भूकम्प

प्रकाशित मिति :  17 March, 2021 3:58 pm


टोकियो । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ । रासस सिन्ह्वा



प्रतिक्रिया दिनुहोस !