१२ बैशाख २०८१, बुधबार

क्वाडको पहिलो सम्मेलन सम्पन्न

प्रकाशित मिति :  29 March, 2021 5:02 pm


टोकीयो । क्वाड (अमेरिका, भारत,अष्ट्रेलिया र जापान को रणनीतिक सहकार्य) को पहिलो भर्चुअल सम्मेलन सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योसिहिदे सुगा सहभागी क्वाडको भर्चुआल सम्मेलनमा इन्डो प्यासिफिक रणनीति मजबुत बनाउने मुख्य बिषयमा छलफल भएको छ ।

खुला, स्वतन्त्र, समावेशी र स्वस्थ इन्डो प्यासिफिक सहकार्य गर्ने छलफल भएको छ । त्यस्तै, जारी कोभिड १९ महामारी, जलवायु संकट, क्षेत्रीय र विश्वमा जारी समस्याहरुबारे छलफल भएको छ । क्वाड सहकार्य सदस्य मुलुकबीच नौसैन्य अभ्यास गर्ने साथै नेटो सदस्य मुलुकहरु बेलायत, फ्रान्स, जर्मनीले पनि अभ्यासमा सहभागी हुनेबारे सम्मेलनमा छलफल भएको छ ।

इन्डो प्यासिफिक क्षेत्रमा शान्ति, सुरक्षा र स्थायीत्वका लागी सहकार्य बलियो बनाउनेबारे पनि छलफल भएको छ । कोभिड १९ महामारी बिरुद्ध सामुहिक सहकार्य गर्ने र २०२२ को अन्त्य सम्म एक अर्ब डोज खोप उत्पादन गर्ने बारे क्वाडले महत्वपुर्ण छलफल गरेको छ । स्रोत सिएन्एन्



प्रतिक्रिया दिनुहोस !