१६ चैत्र २०८०, शुक्रबार

पाकिस्तानमा शिक्षक अभावले हजारौँ सार्वजनिक बिधालय बन्द

प्रकाशित मिति :  30 March, 2021 12:50 pm


सिन्ध, पाकिस्तान । पाकिस्तानको सिन्ध प्रान्तमा शिक्षकहरुको अभावले हजारौँ सार्वजनिक बिधालयहरु बन्द अबस्थामा छन् ।

शिक्षकको अभावमा सिन्ध प्रान्तका बिभिन्न छ हजार आठ सय ६६ बिधालयहरु बन्द रहेको सिन्ध उच्च अदालतले जनाएको हो । अन्य सात हजार नौ सय ७४ बिधालयहरु अन्योल अबस्थामा छन् । प्राथमिक तहका लागि ३२ हजार पाँच सय दश शिक्षक र सो भन्दा तल्लो तहका लागि १४ हजार ३९ शिक्षक आवश्यकता रहेको शिक्षा सचिवले सिन्ध उच्च अदालतमा बताएका छन् ।

सिन्ध प्रान्तमा अधिकारकर्मीहरुले बालबालिकाको शिक्षा सम्बन्धि ऐन २०१३ कार्यन्वयन हुनुपर्ने माग गर्दै अदालतमा अपिल गरेपछि शिक्षा सचिवले वर्तमान अबस्थाबारे जानकारी गराएका हुन् । आगामी चार महिनामा शिक्षकहरुको नयाँ नियुत्ति र भर्ना गरी सबै बिधालयहरु नियमित सञ्चालन गर्ने सिन्ध शिक्षा विभागले बताएको छ । स्रोत द न्युज



प्रतिक्रिया दिनुहोस !