१५ बैशाख २०८१, शनिबार

चीनमा निर्मित सैन्य के ८ डब्ल्यु सैन्य विमानकाे गुणस्तरमा प्रश्न

प्रकाशित मिति :  1 April, 2021 4:42 pm


ढाका । बंगलादेशमा चीनबाट खरीद गरेको के ८ डब्ल्यु सैन्य विमानहरुमा विभिन्न समस्या देखिएका छन् । बंगलादेश हवाई बलले चीनबाट खरीद गरेको के ८ डब्ल्यु प्रशिक्षक विमान सन् २०१८ जुलाई १ मा दुर्घटना भएको थियो । दुर्घटनामा दुई पाईलटको ज्यान गएको थियो । दुर्घटना भएको विमान बंगलादेश हवाई बलले सन् २०१४ १५ मा खरीद गरेको नौ वटा विमानमध्ये एक थियो ।

विमान दुर्घटना पछि बंगलादेशले गत अक्टोबरमा थप सात वटा सोही के ८ डब्ल्यु विमान खरीद गरेको छ । ती मध्ये पनि दुई वटा विमानमा ल्याएपछि नै समस्या देखिन थालेको छ । यसबारे चिनियाँ निर्यात कम्पनी (सिएटीआईसि) लाई पटक पटक सुचना गरेपनि स्पष्ट जवाफ आएको छैन । के ८ डब्ल्यु विमान चीनको मौलिक चाईनिज होंदु ८ विमानको एक प्रकार हो ।चाईनिज होंदु ८ विमान पनि तीस बर्षको अवधिमा पटक पटक परिवर्तन गर्नुपरेको थियो । विश्वमा सैन्य अस्त्र तथा हतियारहरु निर्माण गर्ने तथा निर्यात गर्ने पाचौँ ठुलो मुलुकमा पर्ने चीनमा निर्मित सैन्य सामाग्रीहरुको गुणस्तरमा भने पटक पटक प्रश्न उठ्ने गर्दछ ।

पाकिस्तानसँग सयुत्त रुपमा चीनले निर्माण गरिरहेको जेएफ १७ विमानमा पनि आरडी ९३ ईन्जिन, तेल आपुर्ति तथा हतियार प्रणालीमा समस्या रहेको बताइएको छ । बेलायतस्थित एक प्रबुद्ध समुह अनुसार चीनमा सैन्य अस्त्र निर्माण गर्ने प्रत्येक सात ठुला कम्पनीहरुले २०१६ मा पाँच अर्ब अमेरिकी डलर बराबरको राजस्व संकलन गरेको थियो । राजस्व संकलनको दृष्टिकोणले यी सात कम्पनीहरु विश्वको ठुला बीस कम्पनीभित्र पर्दछन् । स्रोत ईयू रिपोर्टर



प्रतिक्रिया दिनुहोस !