१२ आश्विन २०७९, बुधबार

काजकस्तानमा १०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

प्रकाशित मिति :  27 December, 2019 12:36 pm


काठमाडौं, ११ पुस ।

काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ ।

अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेकाे छैन ।विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको छ ।दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन ।विमान एक संरचनामा ठोक्किएर दुईतले भवनमा जोतिएको छ। विमानमा आगो भने नलागेको बताइएको छ ।

दुर्घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थल पुगेका छन् । उनीहरूले उद्धार कार्य गरिरहेको त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !