८ बैशाख २०८१, शनिबार

चीनले दशकौंदेखि तिब्बती संस्कृतिलाई नष्ट गर्ने अभियान चलाइरहेको अमेरिकी सभामुख पेलोसीको भनाई

प्रकाशित मिति :  11 April, 2021 10:10 am


वासिंटन डीसी । चीनले दशकौंदेखी तिब्बतको गौरवशाली संस्कृति र इतिहासलाई नष्ट गर्ने अभियान चलाइरहेको अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीले बताएकी छन्।

तिब्बती बिद्रोहको ६२ वर्ष पुगेको अबसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पेलोसीले ६२ बर्ष अघि बहादुर तिब्बतीहरूले आफ्नो जीवन र संस्कृतिको रक्षा गर्न चिनियाँ आक्रमणको बिरूद्ध उत्रेको र आफ्नो अधिकार र स्वतन्त्रताको लागि सबै त्याग गरिरहेको उल्लेख गरीन। उनले तिब्बती जनताको स्वतन्त्रताका लागि उठाइएको कदमको अमेरिकाले सम्मान गरिरहने र उनीहरुको पक्षमा उभिने बताइन।

तिब्बती पुरुष, महिला र बालबच्चा केवल आफ्नो विश्वासको अभ्यास गर्न, उनीहरूको भाषा बोल्न र हिंसा र आतंकको संस्कृतिबाट मुक्त हुन चाहिरेको उनको भनाई छ। सभामुख पेलोसीले तिब्बती जनताकै समर्थनमा गत वर्ष अमेरिकाले तिब्बत नीति र समर्थन ऐन बनाएर तिब्बतको जनतालाई समर्थन गर्न अमेरिकी दुबै दल एकै ठाउँमा अभिएको समेत बताइन।

पेलोसीले नयाँ अमेरिकी नीति र ऐनले अमेरिका र केन्द्रीय तिब्बती प्रशासनबीच कूटनीतिक सम्बन्ध सुदृढ पार्ने पनि विश्वास व्यक्त गरिन। स्रोतः विजनेश स्ट्याण्डर्ड



प्रतिक्रिया दिनुहोस !