१३ बैशाख २०८१, बिहिबार

रुसमा आफ्नै खोप निर्माणको प्रयास, चिनियाँ खोप स्वीकृतिमा ढिलाइ

प्रकाशित मिति :  13 April, 2021 11:55 am


मस्को। रूसी अधिकारीहरूले चीनको कोभिड–१९ बिरुद्धको खोपको अनुमतिलाई सुस्त बनाएका छन। आफ्नै घरेलु खोपको बिकास गर्न रुसले चिनियाँ भ्याक्सीनको अनुमतिमा ढिलाई गरिएको हो। चिनियाँ भ्याक्सिनको घरेलु क्लिनिकल परीक्षणमा काम गरिरहेकाले ढिलाई भएको रुसी अधिकारीहरुले बताएका छन्।

रूस र चीनले आक्रामक रूपमा विदेशमा आफ्ना खोपहरूको प्रचार÷प्रसार गरेका छन्। उनीहरुको भ्याक्सीनमा भने तीन चरणका परिक्षणहरु, खोपको प्रभावकारीता लगायतमा बाँकीको परिक्षण हुँन बाँकी रहेपनि आपतकालीन प्रयोग गरिरहेका छन्।

चीनले पाकिस्तान, हंगेरी, नेपाल लगायत देशहरुमा आफ्नो भ्याक्सिन निर्यात गरेको छ। स्रोतः ब्लुमबर्ग–



प्रतिक्रिया दिनुहोस !