२० बैशाख २०८१, बिहिबार

किन उडे एकै दिन युएइ जान भारत र पाकिस्तानका विदेशमन्त्री ?

प्रकाशित मिति :  18 April, 2021 1:37 pm


काठमाडौ । भारत र पाकिस्तानबीचको सम्बन्धमा सुधार भइरहेको चर्चा चलिरहेकै बेला दुवै देशका विदेशमन्त्रीले एकै दिन युएइ जान लागेको जनाएका छन् ।

संयुक्त अरब इमिरेट्समा आइतबार भारत र पाकिस्तानका विदेशमन्त्रीहरू पुग्ने भएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसी शनिबार पहिले आफू युएइ जान लागेको घोषणा ट्वीटमा गरे ।

त्यस पछि केही घन्टाको अन्तराल पछि भारतका विदेशमन्त्री एस जयशंकरले आफू पनि युएइ जान लागेको घोषणा गरे ।

अबु धाबीमा आफ्ना समकक्षीको निम्तो पाएर उता १८ अप्रिल २०२१मा जान लागेको ट्वीटमा जयशंकरले जनाए । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम् बाग्चीले गरेको ट्वीट अनुसार उनको भ्रमणको क्रममा युएइका समकक्षीसँग आर्थिक सहयोगको विषयमा केन्द्रित भइ छलफल हुनेछ ।

यसअघि अमेरिकाका लागि युएइका राजदूत युसेफ अल ओताइबाले आफूले कास्मिर तनाव कम गर्न र युद्ध विराम गराउन भूमिका खेलेको भनी दिएको अभिव्यक्ति दिएका थिए ।

ओताइबाको अभिव्यक्तिको पृष्ठभूमिमा भारत पाकिस्तानका विदेशमन्त्रीहरूको भ्रमण एकैदिन युएइ हुन लागेको देखिएको छ । ओताइबाले भारत र पाकिस्तान राम्रो मित्र नभए दुई बिचको शत्रुता नबढोस भन्ने चाहनाका साथ यो प्रयास भइरहेको बताएका थिए ।

तर भारत र पाकिस्तानबीचको विषयमा युएइको पहल आफैमा अभूतपूर्व रहेको छ । भारतले जहिले पनि कास्मिरको विषयमा अन्य पक्षको मध्यस्थता न मान्ने जनाउँदै आएको थियो ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्र म्पले भारत र पाकिस्तानबीचको तनाव कम गर्न मध्यस्थताको प्रस्तावले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्वीकार गरेका थिए ।

दुई देशको सीमामा सन् २००३को युद्धविरामको अवस्था सिर्जना गरी दुई देशका विदेशमन्त्रीहरूको भ्रमण युएइमा एकै पटक हुन लागेको विषयलाई सम्बन्ध सुधारको पहलसँग जोडिएके छ ।

पाकिस्तानका शक्तिशाली सेना प्रमुख र पाकिस्तानका प्रधानमन्त्री इमरान खान दुवैले दुई देश बिचको सम्बन्धमा नयाँ अध्याय खोल्ने अभिप्रायका साथ अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।

भारतको संसदले कास्मिरको विशेष हैसियतलाई सन् २०१९मा समााप्त पारेको थियो । पाकिस्तानले कास्मिरलाई सो हैसियत दिन माग गरिरहेको लाइभ मिन्टको समाचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !