२० बैशाख २०८१, बिहिबार

अमेरिकाद्धारा पाकिस्तानमा आधारित अन्तर्राष्ट्रिय मानव तस्करी सञ्जालमाथी प्रतिबन्ध

प्रकाशित मिति :  18 April, 2021 6:10 pm


वासिंटन डीसी। संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा आधारित अन्तर्राष्ट्रिय मानव तस्करी सञ्जालमाथी प्रतिबन्ध लगाएको छ। अमेरिकी अर्थ मन्त्रालयले पाकिस्तानमा आधारित सञ्जालमाथी सन् २०१५ देखी मानव तस्रकी गरी प्रवासीको संख्यामा बढाईदिएको र त्यसरी आउने कतिपयले राष्ट्रिय सुरक्षा खतरा निम्त्याउँने जोखिम समेत रहेको जनाउँदै प्रतिबन्धको घोषणा गरेको हो।

पाकिस्तानी नागरिक अबिद अली खानले संचालन गरेको आबिद अली खान ट्रान्स्नेशनल अपराधिक संगठनमा सुचिकृत गर्दै अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्धको घोषणा गरेको हो।

उक्त गिरोहले दक्षिण अमेरिकी र मध्य अमेरिकी देशहरूमार्फत तस्करी गरेको र त्यसरी अमेरिका प्रवेश गर्ने व्यक्तिहरुसंग मार्ग अनुसार २० हजार देखी ४० हजार अमेरिकी डलरसम्म असुल्ने गरेको अर्थ मन्त्रालयले जनाएको छ। संगठनमा अफगानका नागरिक रेदी हुसेन खाल गुल, पाकिस्तानी शकील करीम र मोहम्मद चौधरी इकराम वाराइच लगायतका गिरोहहरुको समेत संलग्नता रहेको अमेरिकी अर्थ मन्त्रालयले लगाएको प्रतिबन्धको सूचीमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !