१७ बैशाख २०८१, सोमबार

नेकपा सचिवालय निर्णय: प्रदेश ३ को राजधानी हेटौडा र नाम बागमती

प्रकाशित मिति :  29 December, 2019 12:25 pm


काठमाडौं, १३ पुस।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। वैठकले प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा मै राख्ने निर्णय गरेको छ।

आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो।

राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । नेकपा भित्रै सहमति नमिल्दा लामो समयदेखि प्रदेशको नाम र राजधानी टुँगो नलागेको हो।



प्रतिक्रिया दिनुहोस !