४ जेष्ठ २०८१, शुक्रबार

५३ जना सवार इन्डोनेसियाको पनडुब्बी हरायो

प्रकाशित मिति :  21 April, 2021 4:39 pm


काठमाडौ । इन्डोनेसियाले हराइरहेको पनडुब्बी खोज्ने कार्य सुरु गरेको छ । बाली टापूको उत्तर पर्ने जलीय क्षेत्रमा भइरहेको अभ्यास तालिमबाट सो पनडुब्बी हराएको अधिकारीहरूले जनाएका छन् ।

इन्डोनेसियाको सेना प्रमुखले रोयटर्सलाई दिएको जानकारी अनुसार त्यो पनडुब्बीमा ५३ जना रहेका थिए । केआरआई नाङ्गाला ४०२ नामक पनडुब्बीमा उनीहरू सवार थिए ।

अस्ट्रेलिया र सिङ्गापुरलाई यो पनडुब्बी खोज्न सहयोगको लागि आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !