४ जेष्ठ २०८१, शुक्रबार

चीनको सैन्य शक्ति विस्तारमा अष्ट्रेलियाको चासो

प्रकाशित मिति :  22 April, 2021 3:03 pm


क्यानबेरा । कोभिड १९ माहामारीका बाबजुद चीनले ६ दशमलब ८ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको छ ।कोभिड १९ माहामारीमा आर्थिक क्षेत्रमा परेको असरका बाबजुद चीनले रक्षा बजेट दुई सय ७२ अर्ब अमेरिकी डलर बराबर बनाएको हो ।

यो बजेट गत बर्षको दुई सय ६१ अर्ब अमेरिकी डलर बराबर भन्दा ६ दशमलब ८ प्रतिशतले धेरै हो । गत बर्ष पनि ६ दशमलब ६ प्रतिशतले चीनले रक्षा बजेट वृद्धि गरेको थियो । सैन्य शक्ति बिस्तारमा जोड दिईरहेको चीनले प्रत्येक बर्ष जस्तो रक्षा बजेट वृद्धि गर्दै आएको छ । चीनको सैन्य शक्ति विस्तारले अष्ट्रेलियाको संघीय सरकारको नीति निर्धारण हुने अष्ट्रेलियाली सुरक्षा विज्ञ साम रोजेभीनले बताएका छन् ।

विगत केही बर्षयता सैन्य शक्ति बिस्तारमा जोड दिदै आएको चीन अमेरिका पछि दोस्रो ठुलो रक्षा बजेट छ्ट्याउने देश बन्दै आएको छ । तीस लाख सैन्य बल भएको चीनले विमान बाहक, आणविक पनडुब्बी जस्ता सैन्य सामाग्रीहरुमा जोड दिईरहेको छ । चीनको सैन्य शक्ति विस्तार तथा आधुनिकीकरण अष्ट्रेलियाको मुख्य चासोको बिषय रहेको पनि रोजेभीनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !