४ जेष्ठ २०८१, शुक्रबार

अस्ट्रेलियाद्वारा बीआरआई खारेज, त्यसका विरूद्ध चीन लड्ने

प्रकाशित मिति :  22 April, 2021 6:02 pm


काठमाडौ । अस्ट्रेलियाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा हस्ताक्षर गरेको सम्झौता खारेज गरेको छ ।

अस्ट्रेलियाले सो सम्झौता खारेज गरेपछि चीनले सो निर्णयको विरोध गर्दै त्यस विरूद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता बिहीबार वाङ वेनबिनले अस्ट्रेलियाले बीआरआईमा फर्काउने प्रयास गर्ने बताएका छन् । उनले तत्काल सो सम्झौतामा अस्ट्रेलियालाई फर्किन आग्रह गरेका छन् ।

अस्ट्रेलियासँगको सम्बन्ध त्यसै पनि बिग्रिरहेको छ । यो सम्झौता खारेजबाट थप सम्बन्ध बिग्रिने देखिएको छ । चीनले अस्ट्रेलियाको यो व्यवहारप्रति प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राख्दै उसलाई सम्झौतामा फर्किन आग्रह गरेको हो ।

चीनको बीआरआई बहुअर्ब डलरको परियोजना हो । यसले विश्वका व्यापार सडक र जलमार्गमा लगानी गर्ने छ । यसले क्षेत्रीय र राष्ट्रिय पूर्वाधार परियोजनाहरूमा लगानी लगाउने भएको छ । पाकिस्तानको बन्दरगाहबाट उगान्डाको जलविद्युत परियोजनाहरू यसमा समावेश गरिएका छन् ।

अस्ट्रेलियाका विदेशमन्त्री मारिसे पेनेले आफ्नो शक्तिको प्रयोग गरी यो परियोजनालाई खारेज गरेकी हुन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोभिड–१९को उत्पत्तिसम्बन्धी स्वतन्त्र अनुसन्धान चीनमा गर्नुपर्ने र ह्वावेको फाइभ जीलाई अस्ट्रेलियाका परियोजनाहरूबाट निकाल्ने निर्णय गरिएयता दुई देशबीचको सम्बन्धहरू बिग्रिदै गएको छ ।

अस्ट्रेलियाको सो निर्णय प्रति प्रतिक्रिया जनाउँदै त्यहाँ उत्पादन हुने रक्सी र कृषि उत्पादनहरूमा अतिरिक्त भन्सार महशुल थपिदिएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !