२० बैशाख २०८१, बिहिबार

कुमारी बैंकको मुनाफामा उछाल, प्रतिसेयर आम्दानी कति पुग्यो?

प्रकाशित मिति :  25 April, 2021 1:22 pm


काठमाडौं । कुमारी बैंक लिमिटेडको तेस्रो त्रैमाससम्ममा खुद नाफामा उछाल आएको छ । चालु आर्थिक वर्ष वर्ष २०७७÷७८ को वित्तीय रिपोर्टअनुसार बैंकले यस अवधीसम्ममा ७८ प्रतिशत खुद नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियोे।

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ करोड ५० लाख रहेकोमा अहिले यो समिक्षा अवधि सम्ममा बैंकको वितरणयोग्य मुनाफा २०८५.१५ प्रतिशतले बृद्धि भएर ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले २ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष सोही अवधिमा त्यो ३९.०४ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

बैक संचालन मुनाफा पनि ४४ प्रतिशतले बढेर ५ अर्ब २ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने सोही अवधिमा गतवर्ष ३ अर्ब ४७ करोड ४ लाख रुपैयाँ मुनाफा भएको थियो ।

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

बैकको खुद मुनाफा बढेसँगै प्रतिसेय आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा पुगेको छ भने सोही अवधीमा गत वर्ष १४ रुपैयाँ १३ पैसा रहेको थियो । त्यस्तै बैंकको पिई रेसियो पनि १८.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !