२१ बैशाख २०८१, शुक्रबार

छत्तिस स्याटेलाइट बोकेको रुसी सोयुज रकेटको प्रक्षेपण

प्रकाशित मिति :  26 April, 2021 1:09 pm


काठमाडौ । बेलायती कम्पनी वनवेबले छत्तिस भूउपग्रह बोकेको रुसी सोयुज रकेटको रुसको सुदुरपूर्वस्थित भोस्टोक्नी कसमोड्रमबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

यो रकेटमा लिएर गएको भारीले वैश्विक इन्टरनेट कभरेजलाई विस्तार गर्न सहयोग गर्ने भएको छ ।

स्थानीय समय अनुसार आइतबार ग्रिनविच समय १० बजेर १४ मिनेट तदनुसार ७ बजेर १४ मिनेटमा रकेट प्रस्थान ग¥यो ।

रकेट उड्दा सबै भागहरू योजनाबद्ध ढङ्गले छुट्टिएको कुनै समस्या उत्पन्न भएको थिएन् । रुसी अन्तरक्षि नियोग रसकसमसका प्रमुख द्मीत्रि रोगोजिनले ३६ स्याटेलाइट लिएर सफलता पूर्वक उडेको र रकटेबाट ती स्याटेलाइट छुट्टिएको बताए ।

वानवेब कम्पनीले पनि सबै स्याटेलाइटहरू आआफ्ना कक्षाको बाटोमा रहेको जनाएको छ । ती स्याटेलाइटहरूले आफ्नो निर्धारित अन्तिम बिन्दुमा पुगेपछि बढी भन्दा बढी सूचना उपलब्ध गराउने सो कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले युरी गागरिनले पहिलो पटक पृथ्वीको परिक्रमा गरेको ६० औं अवसरप्रति यो समर्पित हुनेछ जनाएको छ ।

यो अप्रिल १२मा यो समारोह मनाइएको थियो । आइतबारको यो प्रक्षेपण रुसी सोयुज रकेटको छैटौं प्रक्षेपण हो ।



प्रतिक्रिया दिनुहोस !