२१ बैशाख २०८१, शुक्रबार

ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपतिलाई काँतर र कमजोर वार्ताकार किन भने ?

प्रकाशित मिति :  26 April, 2021 1:42 pm


काठमाडौ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मून जाएलाई काँतर र कमजोर वार्ताकार भएको टिप्पणी गरेका छन् ।

यसको जवाफमा मूनको कार्यालयले ट्रम्पको आलोचना गर्नु गलत तुलना हुने जनाएको छ ।

ट्रम्पले मूनलाई डरछेरुवा भनेपनि तनाव कम गर्न राष्ट्रपतिको कार्यालयले यस्तो टिप्पणी गरेको हो । मूनको कार्यालयले पूर्व विदेशी नेताहरूको अभिव्यक्तिका बारेमा टिप्पणी गर्नु सही नहुने जनाएको कोरिया टाइम्सले उल्लेख गरेको छ ।

उत्तर कोरियासँगको वार्ताका लागि गरिएको दुख दर्शाउँदै दक्षिण कोरियाले सिद्धान्तमा आबद्ध भइ सम्झौताको प्रयास गरिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले जनाएको समाचारमा उल्लेख छ ।

ट्रम्पले दसकौदेखि हामीलाई मूर्ख जस्तो व्यवहार गरिएको पनि ट्रम्पले जनाएका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले कहिल्यै मूनलाई सम्मानजनक व्यवहार नगरेको दाबी पनि गरेका छन् ।

ट्रम्पको यो खस्रो व्यवहार सार्वजनिक हुन अघि मूनले नै पहिलो फायर खोलेका थिए । गत साता न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पको प्रयास रातभरि करायो दक्षिण हरायो भन्ने खालको टिप्पणी गरेका थिए ।

ट्रम्पले उत्तर कोरियाली नेता किमसँग परमाणु कार्यक्रमसम्बन्धी सम्झौता गराउन खोजेको तर त्यो सम्भव नभएकोमा त्यसको दोषजति दक्षिण कोरियली राष्ट्रपति मूनमाथि थोपरेका छन् ।

ट्रम्पले उत्तर कोरियाली नेता किमसँग पटक पटक प्रत्यक्ष वार्ता गरेपनि उपलब्धी शून्य जस्तै रहेको देखिएको थियो । सन् २०१९मा ट्रम्पले उत्तर कोरियाली भूमि टेकेर पनि किमसँग भेटेका थिए ।

ट्रम्पले आफ्नो कार्यकालमा उत्तर कोरियाले कुनै पनि क्षेप्यास्त्र परीक्षण नगरेको पनि दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !