४ जेष्ठ २०७८, मंगलवार

विश्वव्यापी खोप संकट पुँजीवादको परीक्षण

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार १४:४३


काठमाडौं । सन् २००८ मा विश्वव्यापी आर्थिक संकटसँगै वित्तीय भूमण्डलीकरण भङ्ग हुँदा त्यसको परीक्षण भयो ।

सन् २०२० का सुरुवती महिनामा कोभिड–१९ विश्वव्यापी महामारीले विश्वको जटिल आपूर्ति शृंखलामा विश्वको निर्भरताका बारेमा प्रश्न उठायो । पछिल्ला केही महिनाहरूमा खोप कार्यक्रमले विश्वका केही भागमा सुरु भएका छन् भने अन्य देशले भूमण्डलीकरण र पुँजीवादी प्रणालीहरूबारे गहिरो आंशका व्यक्त गरेका छन् ।

सरकारहरूले सक्दो छिटो केही नगरे पुँजीवादले आफै आफ्नो विश्वसनीयताको संकट सामना गर्न सक्छ ।

नियमनयुक्त बजारको पक्षमा मुख्य तर्क भनेको तिनले अन्य प्रणालीभन्दा राम्रो उत्पादनको व्यवस्थापन गर्छन् भन्ने हो । राम्ररी बजार नियमन गरिए पुँजीवादले आपूर्ति  र मागको सन्तुलन मिलाउने भन्ने हुन्छ र ठीक लाभ उपलब्ध गराउँछ भन्ने हो ।

उत्पादकत्व क्षमता निर्माण गरिन्छ व्यर्थ खेर ‌फालिँदैन । खरिदकर्ता र बिक्रेताहरू संलग्न हुन्छन् । नवप्रवर्तन अगाडि बढछ र हरेकलाई लाभ बाँडछ ।

तर अहिलेको अवस्था ठीक त्यस्तो छैन् । यो समानताको विषय होइन जुन पुँजीवादले सिर्जना गरेको हो । यो अक्षमताको बारेमा हो, जसलाई पुँजीवादले बेवास्ता गरेको ठानिन्छ ।

जब कोभिड–१९को खोपको आवश्यकताको  कुरो आउँछ,  सक्षमता ब्यर्थ भइरहेको छ भने नव प्रवर्तनले कसैलाई पनि फाइदा पुर्‍याइरहेको छैन ।

अहिलेका सबै अनुमानहरूलाई एकठाउँ राखेर हेर्ने हो भने यो वर्ष १२ अर्ब खोपको मात्रा उत्पादन हुन सक्छ । तर हामी वास्तविकताको नजिक कतै पनि पर्दैनौं ।  जुन मात्राहरू उपलब्ध हुन्छन् ती धनी देशहरूद्वारा कब्जा गरिन्छ ।

के हामी बढीभन्दा बढी खोप उत्पादन गर्न सक्छौं ?  धेरै विकासशील देशहरूमा फर्मास्युटिकल उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग न्यून उपयोगमुखी तुल्याइएको छ ।

बंगलादेशको एक कम्पनीले उसलाई उपयुक्त इजाजत र विधि-प्रक्रियाको ग्यारन्टी गरिए वार्षिक ६० करोडदेखि  ८० करोडसम्मको खोप मात्रा उत्पादन  गर्न सक्ने बताएको छ ।

त्यो कम्पनीको अत्यधिक उत्पादन अनुमान भएको मान्ने हो भने पनि  नियामक र प्याटेन्ट होल्डरहरूको अनुमतिको पर्खाइमा यस्ता धेरै कारखानाहरू काम नपाएर त्यसै बसिरहेका छन् । विकासशील देशहरूका खोप उत्पादन कम्पनीहरूको ४१ सदस्यहरूको सञ्जाल एक्लैले एक वर्षमा तीनदेखि चार अर्ब  अन्य खोपको मात्रा उत्पादन गर्छ ।

यो आश्चर्य पार्ने खालको कुरा होइन, किनभने धेरै देशले बौद्धिक सम्पत्ति अधिकारको माग गरेका छन् ।

कोभिड–१९सँग सम्बन्धित औषधि र खोपका अवधिका लागि त्यो बौद्धिक सम्पत्ति अधिकारको निलम्बन हुनुपर्ने माग गरेका छन् । यो मागको आवाज पूरा गर्नुपर्ने खालको देखिन्छ र यो यसको समाधान पनि छ । तर यसो गर्दा बौद्धिक सम्पत्ति अधिकारको कानुनको बेवास्ता ठहरिने र विकासशील देशहरूमा यो अनिवार्य इजाजतको रूपमा स्थापित हुन्छ ।

सत्य के पनि हो भने केही देशहरू यसरी इजाजत दिइए उनीहरूविरूद्ध यसको हर्जाना बेहोर्नुपर्ने डरबाट भयभीत हुन सक्छन् ।

बौद्धिक सम्पत्ति अधिकारका पक्षपातीहरूले तिनका विरूद्ध समस्या उभ्याउने छन् । अर्को ठूलो विषय भनेको कोभिड –१९ खोप जस्तो जटिलताको समाधान सजिलै हुन नसक्ने पनि हो । सीधा भन्नु पर्दा कम्पनीहरूलाई उनीहरूले जे गर भन्दा पनि उनीहरूले राम्रो गर्ने छैनन् ।

अर्को शब्दमा भन्नु पर्दा हामीलाई ठूला फर्मास्युटिकल कम्पनीले सहयोग गर्नुपर्ने र तिनका प्रवधि प्रयोग गर्न पाउने इजाजत दिनुपर्ने आवश्यकता छ । जसले सम्भव भएसम्म खोप उत्पादन गर्न सकिन्छ ।

खोप उद्योगले अहिले असामान्यरूपले काम गरिरहनुपर्ने अवस्था आश्चर्यको विषय होइन । वर्षौँ समय लगाएर प्रविधिको स्थानान्तरण हुन नसकेको एक अध्ययन देखियो । ७० प्रतिशत आउटसोर्सिङ र साझेदारी सम्झौता महामारीका बेला भयो । यसले प्रविधिको हस्तान्तरण र उत्पादन बीचको समय ६ महिनासम्म लागेको देखायो ।

तर ठूला फर्मास्युटिकलका लागि उत्पादन विस्तार गर्न दण्डित गर्नुपर्ने काममा विचार पुर्‍याउनु पर्छ । नगद घाटा लाग्ने चिन्ता गरी बस्ने सबै पुँजीवादीहरू लोभी हुँदैनन् भन्ने आक्रोशित पोस्ट फेसबुकमा पढी सक्नु भएकै होला ।

केहीले जे भए पनि महामारीको आक्रोशको बेला मुनाफा बनाउने काम छोड्न सहमत भए । त्यसैले यो उनीहरूको स्वार्थमा सक्दो छिट्टो कोभिड–१९ लाई विश्वव्यापीमहामारीलाई कुनै देशभरिको महामारीमा बदल्ने विधिको सुनिश्चित गर्न खोजेको हो ।

अझ भनेको बाध्यकारी बाधा भनेको आन्तरिक रूपमा वास्तवमै उनीहरू तनावमा पनि छन् । अर्को स्थानका लागि हरेक नयाँ इजाजतमा हस्ताक्षर गर्दा उनीहरूले असल उत्पादनमूलक कार्यका मापदण्ड पूरा भइरहेका छन् छैनन् भन्ने सूक्ष्मरूपले सुनिश्चित गर्नुपर्ने हुन्छ ।

ताकेडा खोप कम्पनीका राजीव वेन्कैयाले ट्वीटरमा तर्क गरे जस्तै खोप उत्पादनका हरेक पक्षलाई कठोर नियन्त्रणको आवश्यकता हुन्छ । उत्पादन प्रक्रियाको ७० प्रतिशत समय गुणस्तर नियन्त्रणमा खर्च हुन्छ र क्षमता विस्तारका लागि उत्पादन साझेदारीहरूमा यी सबै चुनौतीहरू सर्ने हुन्छ ।

यति हुँदाहुँदै पनि यी विषयलाई जित्नै नसकिने बाधाहरूको रूपमा लिन सकिदैन, जब अवस्था यस्तो भंयकर हुन्छ ।

विश्वयापी सार्वजनिक स्वास्थ्यसँग आबद्ध केही प्रभावशाली व्यक्तित्व र विश्व स्वास्थ्य संगठनले गत महिना एक  अपिल जारी गरे । बेलायती मेडिकल जर्नलमा कम्पनीहरूलाई स्वेच्छिक रूपमा इजाजत दिन र तिनका ज्ञानलाई बहुपक्षीय उत्पादकहरूमा साझा गर्न उनीहरू अपिल गरे । उत्पादकहरूको सीमित सम्झौताहरूबाट धेरै  उत्पादकहरूसँगको समन्वयकारी प्रयास थाल्न उनीहरूले अपिलमा भने । यस्तो भएमा सरकारहरूले सहयोग गर्नुपर्नेछ ।

धनी देशहरूका सरकारहरूले विशेष रूपमा इजाजतमा खोप बनाउन विकासशील देशहरूलाई तयार गर्न सुविधाहरूको नवीकरण तथा  विस्तारका लागि भुक्तानी गर्ने विषयमा ध्यान दिनुपर्छ ।

विकासशील देशहरूका सरकारहरूले  तिनका उत्पादनकर्ताहरूलाई इजाजत दिने साझेदार खोज्न वा साझेदार आकर्षित गर्न सुनिश्चित गर्नका लागि तिनका नियमन र सम्पत्ति अधिकारप्रतिको प्रतिबद्धता सुदृढ गर्नुपर्छ ।

दुवै पक्षले यो चुनौतीलाई पूरा गर्दैनन् भने विश्वभरिका मानिसहरू आश्चर्यचकित हुन्छन् कि यस्तो पनि प्रणाली हुन्छ, जसले व्यर्थ भएको क्षमताको नेतृत्व गर्छ र महामारीका बेला बजार असफल गराउँछ जुन समाप्त हुन योग्छ ।

विश्वव्यापी व्यापार नियमहरूले आधारभूत रूपमा बौद्धिक सम्पत्तिका लागि सम्मान व्यक्त गर्छन् र धेरैजसो सन्तुलनमा झुन्डिन्छन् । सक्दो छिट्टो हामीले यसको मापन गर्न सक्दैनौ भने पुँजीवादको प्रतिष्ठानले सन् २०२१मा एक ठूलो भन्दा ठूलो धक्का लाग्न सक्छ जुन विगतको सन् २००८ वा १९२९को भन्दा पनि ठूलो हुन सक्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस !