८ जेष्ठ २०८१, मंगलबार

अब विदेश जानेहरुले ‘ए’ वर्गको प्रयोगशालाबाट पिसिआर परीक्षण गर्नुपर्ने

प्रकाशित मिति :  28 April, 2021 5:22 pm


काठमाडाैं । विदेश जानेहरुलाई अब सरकारले तोकिएका ए वर्गको प्रयोगशालाबाट मात्रै पिसिआर परीक्षण गराउनुपर्ने भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन्।

कोभिड(१९ को पिसिआर विदेश जाने प्रयोजनका हकमा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र परीक्षण हुनेछ, जारी सूचनामा भनिएको छ।

त्यस्तै, ती प्रयोगशालाबाट प्राप्त रिपोर्ट नाकामै हेर्न मिल्ने गरी उपलब्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाईन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरि उपलब्ध गराईएको रिपोर्ट मात्रै मान्य हुने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !