२३ बैशाख २०८१, आइतबार

सुडानमा सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा १८ जनाको मृत्यु

प्रकाशित मिति :  3 January, 2020 7:12 am


 एजेन्सी, १८ पुस । 

सुडानको पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको छ। घटनामा ४ बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै विमान दुर्घटनामा परेको थियो । उक्त विमानले हालै जातीय समूहहरू बीच ठूलो झडप भएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो ।

सेनाका प्रवक्ता आमेर मोहम्मद अल हसनले समाचार संस्था एएफपीलाई भने कि मृत्यु हुनेमा सात चालक दलका सदस्यहरू, तीन न्यायाधीश र आठ नागरिक थिए जसमध्ये चार बालबालिका थिए।विमान दुर्घटनाको कारण  भने खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस !