१२ श्रावण २०८१, शनिबार

‘अमेरिकी सेना र इराकीलाई क्षति पुगेको छैन’

प्रकाशित मिति :  9 January, 2020 8:22 am


काठमाडौं, २४ पुस ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इराकस्थित अमेरिकी सैनिक क्याम्पमा बुधबार राति गरेका मिसाइल आक्रमणबाट कुनै क्षति नभएको बताएका छन् ।ह्वाइट हाउसमा विशेष पत्रकार सम्मेलन आयोजना गरी उनले भने, ‘इरानद्वारा गए राति गरिएका मिसाइल आक्रमणबाट अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हाम्रा सबै सैनिक सुरक्षित छन् । सैनिक क्यम्पमा थोरै क्षति पुगेको छ ।’ इरानी हमलाबाट कुनै पनि इराकी र अमेरिकीलाई क्षति नपुगेको उनको भनाइ थियो ।

इरानले बुधबार राति इराकस्थित अमेरिकी सैनिक क्याम्पसमा २२ मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । इरानले कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीलाई अमेरिकाले मारेपछि मिसाइल प्रहार गरेको हो ।

इरानी मिसाइल आक्रमणको जवाफ दिने तयारी भइरहेको पनि ट्रम्पले बताए । ‘इरानले आफ्नो व्यवहारमा सुधार नगरेसम्म यी शक्तिशाली प्रतिबन्ध जारी रहनेछन्, ‘ ट्रम्पले भने, ‘केही महिनायता मात्रै इरानले अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेका जहाजमाथि कब्जा जमाएको थियो । साउदी अरेबियामाथि हमला गरेको थियो र भड्काउने वातावरण बनाएको थियो । उसले दुई अमेरिकी ड्रोन खसालेको थियो ।’



प्रतिक्रिया दिनुहोस !