४ जेष्ठ २०८१, शुक्रबार

विमानस्थल निर्माणका लागि २० अर्ब ३१ करोड रुपैयाँ विनियोजन

प्रकाशित मिति :  29 May, 2021 6:48 pm


काठमाडौं ।  सरकारले अन्तराष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलको निर्माणका लागि २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७८/०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रि विष्णु पौडेलले उक्त बजेट विनियोजन गरेको बताए ।

यसमध्ये पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन, ट्याक्सी वे विस्तार गर्न, टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड विनियोजन भएको छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड विनियोजन भएको छ ।

आगामी आवमा सरकारले आन्तरिक विमानस्थलहरुको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको गरेको अर्थमन्त्री पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !