१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्दै, ७ मन्त्री र एक राज्यमन्त्री थपिँदै

प्रकाशित मिति :  10 June, 2021 12:47 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको नाम करिब करिब टुंगाएका छन् । अहिलेसम्म गृहमन्त्रीमा खगराज अधिकारी, वन मन्त्रीमा नारदमुनी राना, सञ्चारमन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह,उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, आशा विकलाई वनराज्य मन्त्रीको नाम टुंगिएको छ । मोहन वानियाँलाई विनाविभागीय मन्त्रीको रुपमा जिम्मेवारी पाउँदैछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ४ बजेबजे पद तथा गोपनीयताको सपथ ग्रहणको तयारी भएको जानकारी दिए । उनले भने, “नवनियुक्त मन्त्रीहरुको नाम बाहिर सार्वजनिक भएको वरीपरी नै छ ४ बजे पद तथा गोपनीयताको सपथ ग्रहणको तयारी भएको छ ।

प्रधानमन्त्री ओलीले निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिन लागेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !