१५ चैत्र २०८०, बिहिबार

युआनको तीव्र वृद्धि दीगो नहुने पीबीओसीका पूर्वप्रमुखको चेतावनी

प्रकाशित मिति :  18 June, 2021 8:00 am


बेइजिंग । अमेरिकी डलरको तुलनामा चिनियाँ युआनको द्रुत वृद्धि दिगो नहुने केन्द्रीय बैंकका एक पूर्व अधिकारीले बताएका छन् । चीनको सरकारी मिडिया सिन्हुवा न्युजसँग अन्तर्वार्तामा उनले चिनियाँ युआन दीगो नहुने बताएका हुन् ।

युआनले मेमा १दशमलव ७ प्रतिशत वृद्धि गर्दै तीन वर्षकै उच्च वृद्धि भएको छ । यसले गत हप्ता प्रति डलरको स्तरमा ६।४ को मनोवैज्ञानिक उछाल हासिल गरेको छ । तर यसको गति विस्तारै कम हुँदै गएको छ । यसले द्विपक्षीय शर्तमा एकतर्फी बेटको चिन्ताको संकेत गरेको छ ।

पीपुल्स बैंक अफ चाइना पीबीओसीले शुक्रबार युआनको मिडपोइन्ट रेट ६ दशमलव ३८५८ प्रति डलर राखेको थियो । यो सन् २०१८ को मेपछिको सबैभन्दा बलियो दर रहेकोसमेत जनाइएको छ ।

गत वर्षको सुरुमा चीनको अर्थतन्त्रमा महामारीको कारणले आएको गिरावटबाट द्रुत गतिमा पुनः सुधार भएको छ भने युआनको लाभ धेरै हदसम्म डलरको कमजोरीसम्म पुगेको छ ।

पीबीओसीले हालका फाइदाहरूमा असुविधा नदेखाएपछि चिनियाँ इकाईमा लगानीकर्ताले आफ्नो लगानी बढाएका छन् । तर ठूला सरकारी बैंकले गत हप्ताको सुरूमै अमेरिकी डलर किनिरहेकोमा युआनको फाइदालाई तीव्र बनाउने प्रयासको रूपमा हेरिएको छ ।

पीबीओसीका सर्वेक्षण र तथ्यांक विभागका पूर्व निर्देशक शलनंग सचेलनले युआनको ओभरशटले छोटो अवधिको अनुमान लगाउने गरेको र असुरक्षित भएको बताएका छन् । यनले यसलाई दीगोरुपमा बुझ्न नहुने सुझाएक छन् ।



प्रतिक्रिया दिनुहोस !