१५ चैत्र २०८०, बिहिबार

प्यासिफिक क्षेत्रको खानी तथा फिसिङमा एउटै देशको एकाधिकार

प्रकाशित मिति :  18 June, 2021 8:18 am


एक देशले प्रशान्त क्षेत्रका सबै संसाधनहरुमा एकाधिकार जमाउँदै निकासीमा हाबी भएको छ । व्यापार तथ्यांकको विश्लेषण अनससार २०१९ मा चीनले यस क्षेत्रबाट निर्यात गरिएको समुद्री खाना, काठ र खनिजहरूको करिब आधा भन्दा बढी प्राप्त गरेको छ । जसलाई चीनले ३ बिलियन डलरमा खरिद गरेको पाइएको छ । यसलाई विज्ञहरूले “विशालतामा आश्चर्यजनक” भनेर वर्णन गरेका छन् ।

सन् २०१९ मा प्यासिफिक क्षेत्रबाट निर्यात गरिएको समुद्री खाना, काठ र खनिजहरूको आधाभन्दा बढी हिस्सा प्राप्त गरेको हो । विज्ञहरूले यसले दिगो विकासका लागि ठूला चुनौतीहरूको सिर्जना गर्ने चेतावनी दिएका छन् ।

चीनले यस क्षेत्रका सरकारहरूसँगको सम्बन्ध अझ गहिरो हुँदै गइरहेको अवस्थामा प्रशान्त महासागरमा अमेरिका र अष्ट्रेलियाको प्रभावलाई प्रतिस्पर्धी तुल्याइरहेको देखिएको छ ।

चीनले प्रशान्त क्षेत्रका यी स्रोतहरूको प्रयोग अन्य १० अर्को देशको तुलना गर्दा पनि अझौ बढी प्रयोग गरिरहेको छ । विज्ञहरूले भनेका छन “अस्ट्रेलियालगायत अन्य देशहरू पनि“ सहजै पराजित ”हुनेछन् जब चीनले“ यसको निकासी गर्ने उद्योगहरूको गम्भीर वातावरणीय प्रभाव देखा पर्नेछ ।”

चीनले नियमित रूपमा पापुवा न्यू गिनी र सोलोमन टापुहरूद्वारा निर्यात गरिएको कुल टन काठको ४।८ मेट्रिक टनभन्दा बढी दावी गरेको छ । त्यसैगरि चीनले ७२ हजाजर टन सीफुड र ४।८ टन खनिज पदार्थ लिने गरेको छ ।

प्यासिफिकको निकासी गर्ने संसाधनहरूको लागि अर्को सबैभन्दा ठूलो ग्राहक जापान थियो, जसले ४ दशमलव १ मेट्रिक टन खनिज, ३ दशमलव ७ मेट्रिक पेट्रोलियम र २ दशमलव४ मेट्रिक टन सी फुड आयात गरेको छ । तेस्रोमा अस्ट्रेलिया रहेको छ । चीनले यस क्षेत्रमा लुट मच्चाउन लागेको भन्दै चीनको प्रभाव रोक्न यी मुलुकहरुले प्रयास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !