१६ बैशाख २०८१, आइतबार

यस्तो छ आइतबारसम्मको मौसम पूर्वानुमान

प्रकाशित मिति :  17 January, 2020 10:21 am


काठमाडौं, ३ पुस ।

बिहिबारदेखि देशका बिभिन्न ठाउँमा परेको हिमपात र वर्षाले जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाले सनिबारसम्म देशभर पानी पर्ने जनाएको छ।

सनिबारदेखि मौसममा केही सुधार हुदै जाने देखिएको छ। आइतबार थप सुधार हुनेछ। महाशाखाद्वारा प्रकाशित बुलेटिन यस्तो छ:

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ३ गते (शुक्रबार) 
दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

 

माघ ५ गते (आइतबार) 
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।



प्रतिक्रिया दिनुहोस !