२२ बैशाख २०८१, शनिबार

रुसमा आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

प्रकाशित मिति :  21 January, 2020 3:23 pm


काठमाडौं, ७ माघ ।

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार जनाकाे मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयानुसार मंगलबार बिहान ७ बजे भएको यस घटनाबाट ११ जनाकाे शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठले बनेको यस भवनमा मंगलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए ।आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको आपतकालीन मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !