१२ श्रावण २०८१, शनिबार

कोरोना माहामारीमा भारतमा सहज र सरल आर्थिक गतिविधिको अवसर – अमिताभ कान्त

प्रकाशित मिति :  9 July, 2021 8:36 am


नयाँ दिल्ली । कोरोना माहामारीपछि व्यापार तथा आर्थिक क्षेत्र सुधारका लागि भारतले सहज र सरल आर्थिक नीति अपनाउनुपर्ने नीति आयोगका प्रमुखले बताएका छन् ।
कोरोना माहामारी पछिको अर्थतन्त्र तथा व्यापार क्षेत्र सुधारका लागि भारतले विभिन्न नीति, नियमलाई सहज र सरल बनाउनुपर्ने नीति आयोगका प्रमुख कार्यकार्य अधिकारी (सिईओ) अमिताभ कान्तले बताएका छन् ।

हाल विधमान विभिन्न नीति नियमहरुलाई सहज बनाएर आर्थिक क्षेत्र विकास गर्नु आवश्यक रहेको उनले बताए । भारतमा व्यापार तथा अर्थिक गतिविधि सरल र सहज बनाउनु अवसर रहेको पनि उनले बताएका छन् । सबै क्षेत्रहरुमा प्रविधिको प्रयोग गरि विकास समृद्धिका लागि यो माहामारी अवसर समेत भएको नीति आयोग सिईओ कान्तले बताए । कोरोना माहामारीकै कारण भारतमा प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भईरहेको साथै माहामारीले विविध क्षेत्रमा परिवर्तन ल्याएको भन्दै यसलाई भारतले बाह्य उत्कृष्ठ उत्पादकहरु भित्राउने अवसरको रुपमा लिनुपर्ने कान्तले बताए । आर्थिक पुनरुद्धारका लागि कोभिड १९ बिरुद्ध खोप अभियान तिब्र बनाउनुपर्ने उनले बताए ।

भारत सरकारले खोप अभियान व्यापक बनाएको भन्दै आगामी डिसेम्बरसम्म सबै जनतालाई खोप लगाईसक्ने लक्ष्य राखेको नीति आयोग सिईओ कान्तले बताएका छन् । स्रोत द इकोनोमिक टाईम्स



प्रतिक्रिया दिनुहोस !