१२ श्रावण २०८१, शनिबार

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

प्रकाशित मिति :  11 July, 2021 1:04 pm


काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर असार २४ गते बाँडफाँड गरेको छ ।

कम्पनीले सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता हकप्रद सेयर लिलामी प्रकृयाबाट असार ९ गतेदेखि असार १६ गतेसम्म विक्री खुल्ला गरेको थियो ।

कम्पनीले बाँडफाँड गर्दा नपरेको सेयर बापतको रकम असार २८ गते सोमबार देखि आवेदकको फारममा उल्लेख बैंक खातामा आइपीएस मार्फत पठाउने समेत जानकारी गराएको छ । यो सेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !