१२ श्रावण २०८१, शनिबार

ओली नेपालपक्ष बीचको सहमति आज सार्वजनिक नगरिने

प्रकाशित मिति :  11 July, 2021 1:28 pm


काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिचको सहमति आज सार्वजनिक नगरिने भएको छ ।

यसअघि नै अदालतमा दायर गरिएको रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने गरी कुनै सहमति नगरिने बताएको नेता नेपालले आज बिहान अदालतलाई प्रभावित गर्ने सहमति नहुने बताएका छन् ।

कार्यदलका सदस्यहरूले आइतबार बिहान सहमति मस्यौदा बोकेर नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले कार्यदलका सदस्यलाई अदालतलाई प्रभाव पर्ने गरी सहमित नहुने बताए ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तका लागि आदेश माग गर्दै सर्वोच्चमा बुझाएका हस्ताक्षर फिर्ता गर्नुपर्ने अडान राखेको छ ।

कार्यदलले सबै विषयलााई समेटेर सहमतिको मस्यौदा तयार गरेको थियो । तर त्यो मस्यौदामा सर्वोच्च अदालतलाई प्रभाव पर्ने गरी विषय परेको भन्दै नेता नेपालले यस्तो सहमति नहुने बताएका हुन् ।

त्यसपछि कार्यदलका सदस्यहरू फर्केका थिए ।

ओली पक्षको कार्यदलमा सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षको कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।

पक्ष सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला सार्वजनिक गर्ने भएकोले सहमतिबाट अदालत प्रभावित हुने भएको नेता नेपालले बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !