१२ श्रावण २०८१, शनिबार

वामदेव गौतमको माग : राष्ट्रिय सभामा बजेट पेश हुनुपर्छ,सदस्य प्रधानमन्त्री बन्न पाउनुपर्छ

प्रकाशित मिति :  11 July, 2021 1:55 pm


काठमाडौं । एमालेमा उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग दोहोराएका छन् भने बजेट राष्ट्रिय सभामा पेश गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले प्रतिनिनिधि सभा र राष्ट्रिय सभाबीच बिभेद अन्त्य गर्नुपर्ने आवाज उठाए ।

उनले भने,“विगतमा मैले प्रधानमन्त्री ज्यूलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको विभेद अन्त्य गरिदिनुस् भने र त्यो कसरी भने राष्ट्रिय सभाको सदस्यपनि प्रधानमन्त्री हुने व्यवस्था गरेर, हामीले बेलायतको नक्कल गरेर यसले शासन गर्न पर्दैन भन्ने छ यो हटाइदिनुस्, संविधान संसोधन गरिदिनुस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो तर यमे माग म फेरि उठाउन चाहन्छु ।”

उपाध्यक्ष गौतमले आर्थिक वर्ष २०७८/०७९ को बजेट राष्ट्रिय सभामा पेश गर्न समेत माग गरे । सरकारले जेठ १५ गते अध्यादेश मार्फत बजेट ल्याएका थिए । तर उपाध्यक्ष गौतमले बजेट राष्ट्रिय सभामा ल्याएर फेरि पेश गर्न माग गरे ।

उनले भने,“ यदि राष्ट्रिय सभाले मेरो प्रस्तावमा मञ्जुर गर्छ भने आज हामीले यो पास गरौं कि त्यो बाहिर कोठाभित्र प्रस्तुत गरिएको अर्थिक वर्ष ०७८/०७९ को बजेट वक्तब्य फेरि आएर अर्थमन्त्री जीले यहाँ प्रस्तुत गर्नुहोस्,हामीले छलफल गर्न पाउँ र यहाँबाट पारित हुने व्यवस्था गरौं ।”

उनले यसका लागि संसद नियमावली,संविधानका प्रावधान फेर्न आग्रह गरे । उपाध्यक्ष गौतमले राष्ट्रिय सभा पनि संघीय संसदको अभिन्य अंग भएकाले बजेटबारे अधिकार रहेको बताए ।

उनले भने,“ बाहिर सडकमा प्रस्तुत हुन सक्ने,त्यसलाई यो राष्ट्रिय सभाले पनि मान्न पर्ने, राष्ट्रिय सभा संघीय संसदको अभिन्न अंग हो यसमा त्यो अधिकार छ । छलफल गर्न सक्छ ।”



प्रतिक्रिया दिनुहोस !