१२ श्रावण २०८१, शनिबार

चीन उत्तर कोरिया सम्बन्ध नयाँ स्तरमा विकास गर्ने सी-किमको प्रतिबद्धता

प्रकाशित मिति :  11 July, 2021 3:00 pm


काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोङ उनले एक अर्कालाई दुई पक्षीय रक्षा सन्धिको ६०औं वर्षगाँठको अवसरमा सन्देश आदानप्रदान गरी नयाँ स्तरमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

किमले हालका वर्षहरूमा दुई देश बिचको सम्बन्धले गतिलिइरहेको बताउँदै राजनीति, आर्थिक,सैन्य तथा सांस्कृतिक क्षेत्रमा बृहत विकास भएको सन्देशमा बताएको उत्तर कोरियाली समाचार संस्थाले जनाएको छ ।

सीले पनि सन् १९६१मा दुई देश बिच भएको सन्धिले क्षेत्रीय तथा वैश्विक शान्तिलाई बलियो पार्ने जनाउँदै किम जस्तै सन्देश व्यक्त गरेका छन् ।
चिनियाँ विदेशमन्त्रालयले जनाए अनुसार दुई देश बिचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ स्तरमा उठाउने र एक अर्का जनतालाई बढी भन्दा बढी लाभ दिलाउने सीले बताएका छन् ।

उत्तर कोरियाको सबै भन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ । सी किमले सन् २०१८ र २०१९माा गरी केही पटक प्रत्यक्ष भेटघाट गरिसकेका छन् ।

निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा किमसँग पटक पटक गरी तीन पटक भेटेका थिए ।

अमेरिकालाई सर्वाधिक शत्रुको कोटिमा राखेको उत्तर कोरियाको सम्बन्ध चीनसँग सबै भन्दा राम्रो रहेको छ ।

उत्तर कोरियासँग हातहतियार रहेकोले अन्तर्राष्ट्रिय समुदायसँग अमेरिकी नाकाबन्दीबाट एक्लिएपनि उसको अन्तर्राष्ट्रिय मञ्चमा विशेषप्रकारको भूराजनीतिक अवस्था रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !