१२ श्रावण २०८१, शनिबार

सहमति सार्वजनिक नहुने भएपछि ओलीले स्थायी कमिटी बोलाए

प्रकाशित मिति :  11 July, 2021 3:33 pm


काठमाडौ । सहमति सार्वजनिक नुहने भएपछि नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले पाटीे स्थायी कमिटीको बैठक बोलाएका छन् ।

आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको थियो तर स्थगित गरेर भोलीका लागि बैठक बोलाइएको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ओली पक्षका कार्यदलका नेताहरूसँग एकताका लागिका सक्रिय आफ्ना नेताहरूलाई सर्वोच्च अदालतमाथि प्रभाव पार्ने गर्ने सहमतिको मस्यौदाका भाषा फेर्न लगाए पछि ओलीले स्थायी समितिको बैठक बोलाएका हुन् ।

दुवै पक्षका गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेकै ओलीले स्थायी समितिको बैठक बोलाएका हुन् ।

दुवै कार्यदलका नेताहरूले आइतबार बिहान सहमतिको मस्यौदाकामा हस्ताक्षर भइ सार्वजनिक हुने विश्वास व्यक्त गरिररहेका बेला नेता नेपालले अदालतलाई प्रभावित गर्ने खालको सहमति गर्न नहुने बताएका थिए ।

अदालतलाई प्रभावित पार्ने गरी राखिएको भाषा परिवर्तन गर्न सिंहदरबारमा कार्यदल बसिरहेका बेला स्थायी समितिको बैठक बोलाएको विषयलाई राजनीतक वृतमा गम्भीर रूपमा लिइएको हो ।

 



प्रतिक्रिया दिनुहोस !