२ भाद्र २०७९, बिहिबार

नेप्से ७३.३३ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

प्रकाशित मिति :  11 July, 2021 4:57 pm


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार आज नेपाल स्टक एक्सेञ्ज नेप्सेमा हरियाली छाएकाो छ ।

आज नेप्से परिसूचक ७३.३३ अंकले वृद्धि भई २ हजार ८ सय ९८ अंकमा पुगेर वन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १३.५१ अंकले वुद्धि भई ५ सय ४३ अंकमा पुगेर वन्द भएको छ । आज कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये १३ ओटाकोनै परिसूचक बढेको छ ।

आज बैकिङ समूहको २.३२ प्रतिशत, ट्रेडिङ समूहको १.५४ प्रतिशत, होटल र पर्यटन समूहको १.९९ प्रतिशत, डेभलप्मेन्ट बैंकको ८.२४ प्रतिशत हाइड्रोपावर समूहको २.७९ प्रतिशत, फाइनान्स समूहको ८.३९ प्रतिशत, निर्जिवन विमा समूहको २.५६ प्रतिशत, अन्य समूहको ०.४४ प्रतिशत, माइक्रफाइनान्स समूहको २.५६ प्रतिशत, जीवन वीमा समूहको २.९४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८२ प्रतिशत र इन्भेस्टमेन्डको २.४२ प्रतिशतले परिसूचक वृद्धि भएको हो ।

आज २२५ ओटा कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता सेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय रुपैयाँमा खरिद विक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस !