१२ श्रावण २०८१, शनिबार

तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

प्रकाशित मिति :  11 July, 2021 5:15 pm


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार आज तीन ओटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि  भएको छ । मूल्यवृद्धि हुनेमा गोर्खाज फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स कम्पनी रहेका छन् ।

आज गुराँइस फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र आइसीएफाफसी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, साइन रेसुङ्गा बैंक, मल्टीपर्पोज फाइनान्स कम्पनी, समृद्धी फाइनान्स कम्पनी, महालक्ष्मी बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको पनि झण्डै १० प्रतिशतले सेयर मूल्य बढेको छ भने आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज करिब ४० करोडको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !