२८ श्रावण २०७९, शनिबार

आन्दोलनरत विद्यार्थी संगठनहरूलाई आयल निगमले छलफलका लागि बोलायो

प्रकाशित मिति :  11 July, 2021 6:01 pm


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा आन्दोलनरत विद्यार्थीलाई छलफलका लागि बोलाएको छ ।

विद्यार्थी संगठनहरूले आयल निगमको गाडी चल्न नदिने लगायतका आन्दोलनको घोषणा गरेपछि आयलनिगमले छलफलका लागि बोलाएको हो । आयोग निगमका प्रवक्ता विनित मणि उपाध्यायले भोली १ बजे छलफलका लागि बोलाइएको जानकारी दिएका छन् ।

आन्दोलनरत नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेपाल पक्ष निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंलाई निगमको कार्यालय बबरमहल काठमाडौंमा छलफलका लागि बोलाईएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

आयल निगमले पछिल्लो समय असार २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । यसअघि पनि पटक पटक मूल्य बढाएको छ । पछिल्लो पटक पेट्रोलियम पदार्थको मुल्य बढाएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !